प्रमुख खवर

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक असारमा बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी )राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए ।

देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक कार्यबारे बैठकमा रिपोटिङ गर्ने छन्

। सातै प्रदेशमा संगठनको अवस्था, कार्ययोजनाबारे प्रदेश प्रमुखले जानकारी गराउनका साथै आगामी प्रदेश र संघीय निर्वाचनमा जनवर्गीय सङ्गठन परिचालन गरी पार्टीलाई धेरै स्थानमा विजयी बनाउन आवश्यक रणनीति बैठकमा तयार पारिने छ ।

पार्टीले विभिन्न विभागमा प्रमुख नियुक्त गरी जिम्मेवारी दिएको छ भने केहीमा प्रमुख तोक्ने कार्य जारी छ ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...