गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउँछु : देउवा
कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवनको शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले उक्त प्रतिवद्धता जनाएका हुन् ।
‘गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग आउँदा खुशी लागेको छ’, उनले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय गरी आवश्यक ऐन, कार्यविधि बनाएर यसलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौं।’
उनले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने बताउँदै अब बस्ने मन्त्रीपरिषदको बैठकबाट टुंगो लाग्ने बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठान बने सुदूरपश्चिममा चिकित्सक उत्पादन हुने र विकट ठाउँका नागरिकलाई पनि स्वास्थ्य सेवा लिन सहज हुने उनको तर्क छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा अहिले धेरै विकास भइसकेको र अझ धेरै गर्न बाँकी रहेको समेत देउवाले बताएका छन् । उनले भने, ‘पहिले केही थिएन। म एसएलसी दिइसकेपछि डडेल्धुराबाट धनगढी आउँदा केही थिएन। गौरीफन्टा नाका हुँदै मैलानी–लखनऊ-रक्सौलसम्म रेल चढेर त्यसपछि बसमा काठमाडौं पुगेको हुँ। अहिले हरेक दिन हवाईजहाज चलिरहेको छ। धनगढीबाट सिधै काठमाण्डौं पुग्न सकिन्छ।’
ताजा अपडेट
-
१.
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
-
२.
अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
-
३.
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
-
४.
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
-
५.
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




