पोखरा रोयल सहकारीको शौचालय सर्वसाधारणका लागि खुला
पोखरा । पोखरामा सञ्चालित रोयल बचत तथा ऋण सहकारी संस्थाले शौचालयलाई सार्वजनिक प्रयोजनका लागि खुला गरेको छ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) को निजी क्षेत्रबाट सञ्चालित व्यावसायिक प्रतिष्ठानका सौचालयलाई सार्वजनिक बनाउने प्रयासमा रोयल बचत तथा ऋण सहकारीले पनि साथ दिएको हो ।
पोखराका सार्वजनिक स्थलमा शौचालयको अभाव पूर्तीका लागि सहकारीले शौचालयलाई सार्वजनिक प्रयोजनका लागि खुला गरेको संस्थामा मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिए ।
पोखराको बुद्धचोक स्थित संस्थाको मुख्य कार्यालय भवनमा रहेको शौचालयलाई सार्वजनिक प्रयोजनको लागि खुला गरिएको हो । शौचालय सर्वसधारणका लागि खुला गरिएको कुरा सामान्य भए पनि जनताप्रतिको उत्तरदायित्व वहन गर्न यसले मद्दत पुग्ने ढकालले बताए ।
सार्वजनिक स्थलमा शौचालयको अभाव पूर्तीका काठमाडौं महानगरपालिकाका मेयर शाहले पहिलो कार्यपालिका बैठकमा सार्वजनिक सौचालयको नयाँ अवधारणा सार्वजनिक गरेका थिए। जुन अवधारणले सार्थकता पाइरहेको छ । निजी क्षेत्रहरुले उनको अवधारणलाई साथ दिइरहेका छन् ।
ताजा अपडेट
-
१.
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
-
२.
अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
-
३.
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
-
४.
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
-
५.
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




