प्रमुख खवर

पुँजी बजार सुधारको माग गर्दै सेयर लगानीकर्ताले गरे प्रदर्शन

काठमाडौं । पुँजी बजार सुधारको माग गर्दै सेयर लगानीकर्ताहरूले प्रदर्शन गरेका छन् ।

आफूहरूले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै उनीहरूले शनिबार ललितपुरको खुलमटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालय नजिकै र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘पुँजी बजारको सुधार र विकास रोक्न पाइँदैन’, ‘नेप्सेको पुनर्संरचना गर’, ‘धित्तोपत्र बोर्डलाई स्वायत्त बनाऔं’लगायतका नारा लगाएका थिए ।

पुँजी बजार सुधारको मागसहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ४ दिनदेखि आमरण अनसनमा छन् । अनसनरत कोइरालाको स्वास्थ्य अवस्था कमजोर बन्दासमेत सरकारको ध्यान जान नसकेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...