प्रमुख खवर

कारबाहीको माग गर्दै पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौं । प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा  उजुरी परेको छ ।

संसदको चारण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरवारमा प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै आलेमाथि कारबाहीको माग गर्दै उजुरी परेको हो ।

उजुरीमा भनिएको छ, ‘डोटीका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका बिषयमा अश्लिल शब्द प्रयोग गरेको अडियो बाहिर आएका छन् । साँस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका आलेज्यूले टेलिफोन वार्ताहरुमा अश्लिल शब्द मात्रै प्रयोग गर्नु भएन ठेगान लगाउने सम्मको धम्की दिनुभयो ।’

आलेले विभिन्न सार्वजनिक स्थानमा राजनितक दलका नेता तथा निजामति कर्मचारीहरूलाई अश्लिल तथा अपशब्द प्रयोग गर्ने गरेको समेत उजूरीमा उल्लेख छ ।

त्यस्तै प्राधिकरणकै अध्यक्षलाई टेलिफोनमा कुनै ठाउमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्तै खदजनक अश्लिल शब्द प्रयोग गरिएको भेटिएको छ।

यसैबीच ३ असार शुक्रबार नेपालका विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा सार्वजनिक भएको सुन्नै नसक्ने अडियो र सञ्चार माध्यमहरूमा आएअनुसार नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारीमा आएको छ ।

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...