प्रमुख खवर

राष्ट्रियसभा बैठकमा ८ वटा विधेयकका प्रतिवेदन पेश

काठमाडौं । आइतबार बसेको राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिले आठ वटा विधेयकहरुको प्रतिवेदनहरू पेश गरेको छ ।

विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७७ का प्रतिवेदनहरू आइतबार राष्ट्रियसभा बैठकमा पेश गरेको हो ।

विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरुमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरू राष्ट्रियसभा बैठकमा पेश गरिएको बताए ।

राष्ट्रियसभाको अर्को बैठक असार ६ गते सोमबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...