प्रमुख खवर

नेपालले भने : ‘संघ र प्रदेशको निर्वाचनपछि पनि गठबन्धन रहन्छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले अहिलेको गठबन्धन आगामी दिनमा पनि कायमै रहने बताएका छन् । साथै नेपालले आगामी संघ र प्रदेशको निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताए ।

आइतबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको सम्पादहरूसँगको संवादमा उनले आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले अहिलेको गठबन्धन आगामी दिनमा पनि कायमै रहने बताएका हुन् ।

अध्यक्ष नेपालले गठबन्धनभित्र संघ र प्रदेशको निर्वाचन मंसिर महिनालाई आधार बनाएर कुराकानी भइरहेको भन्दै सिट संख्याको टुंगो लाउने विषयमा छलफल भइरहेको बताए ।

स्थानीय चुनावबाट गठबन्धनले सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने पाठ सिकाएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धनका दलबीच सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने बताए ।

साथै नेपालले गठबन्धनकै कारण पोखरा महागर र हेटौडा उपमहानगर जित्न सफल भएको पनि बताए ।मतपत्र बदर नभएको भए काठमाडौं महानगर, तुलसीपुर र इटहरी उपमहानगरको उपमेयर जित्न सक्ने अवस्था रहेको उनको भनाइ थियो । यद्यपी उनले गठबन्धनको बलमा चुनाव जित्ने सोचाइ त्याग्न पार्टीका नेता-कार्यकतालाई सुझाव दिँदै आफ्नौ खुट्टामा उभिनुपर्नेमा जोड दिए ।

उनले स्थानीय चुनावको तुष पालेर नकारात्मक धारणा बनाउन आवश्यक नरहेको उल्लेख गरे ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...