प्रमुख खवर

बेँसीसहर-चामे सडक वैकल्पिक माध्यमबाट सन्चालन

काठमाडौं । शनिबार रातिदेखिको अविरल वर्षाका कारण आएको पहिराले अवरुद्ध बेँसीसहर चामे सडक सञ्चालनमा आएको छ ।

अवरुद्ध भएको बेँसीसहर नगरपालिका-६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीसहर-बाझाखेत खुदी सडकको प्रयोग गरी सोमबार बिहान ११ बजेदेखि सवारी आवतजावत भएको डुम्रे-बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए ।

वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ । मनाङ जाने एक मात्र बेँसीसहर-चामे सडक अवरुद्ध हुँदा मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नुपरेको छ।

प्रत्येक वर्ष खरखरेको पहिरोले सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या हुने गरेको मर्स्याङ्दीका जीवन भण्डारी बताउँछन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...