राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । पूर्वराजदूत समूहले आज काठमाडौंमा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिला’ विषयक साक्षात्कार कार्यक्रममा उनले नेपाल जस्तो देशका लागि कूटनीतिक सम्बन्धबारे दलहरुबीच सहमति आवश्यक भएको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका साथ अगाडि बढ्न आवश्यक रहेको बताए । “दलहरुबीच प्रतिस्पर्धा, सहमति र सहकार्यको राजनीति आवश्यक छ”, उनले भने। सरकारले प्रतिपक्षामा रहेको दलसँग परामर्श गर्नुपर्ने उनको भनाइ थियो । विदेश सम्बन्ध राष्ट्रिय हितमा केन्द्रीत हुनुपर्ने अध्यक्ष ओलीले बताए।
अध्यक्ष ओलीले छिमेकी मुलुकसँग भरपर्दो, विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए। “हामी स्वाधिन छौं । हामी आफ्ना आन्तरिक वा बाह्य नीति निर्णय गर्न स्वतन्त्र छौँ । कसैबाट शासित हुनुपरेको छैन,” उनले भने । छिमेकीसँगको सम्बन्धलाई बढी महत्व दिनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष ओलीले छिमेकीसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए। “छिमेकीसँग समस्या भए छलफल गरी समाधान गर्नुपर्छ । हामीले आफ्ना कुरा खुलस्तसँग राख्न सक्नुपर्छ”, उनले भने। राजनीतिक खटपट नभएको भए कालापानी, लिपुलेक र लिम्पियाधुरा वा अन्य सीमा समस्या अहिलेसम्म समाधान भइसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।
त्यस्तै, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय हितको प्रश्नमा सत्ता र प्रतिपक्षको अलग अलग विचार हुन नहुने बताए। उनले अहिले राजनीतिक दलबीच राष्ट्रिय हितका विषयमा छलफल हुन छाडेको भन्दै राष्ट्रिय हितका विषयमा प्रतिपक्षसँग पनि छलफल गर्नुपर्ने बताए ।
पूर्वराजदूत दीपकुमार उपाध्यायले छिमेकीसँगको चुरो समस्या के हो भनेर केलाउन नसकेको बताए। पूर्वराजदूत योगेन्द्र ढकालले चीन, भारत र अमेरिकासँग कूटनीतिक तबरबाट कुरा राख्नुपर्ने सुझाव दिए । पूर्वराजदूत अर्जुन कार्कीले छिमेकीसँग सम्झौता गर्दा विज्ञ समूहको सुझाव लिनुपर्नेमा जोड दिए ।
त्यस्तै, पूर्वराजदूत टंक कार्कीले परराष्ट्रका सिद्धान्त र नीतिलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्नुपर्ने उल्लेख गरे । पूर्वराजदूत डा अञ्जना शाक्यले परराष्ट्र र राष्ट्रिय हितलाई टेकेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




