प्रदेश

प्रदेश नं १ मा आर्थिक विधेयकबारे छलफल समाप्त

काठमाडौं । प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ ।

यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै संखुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गराए ।

अर्का सदस्य विमल कार्कीले व्यापार प्रदर्शनी, मेला र सांस्कृतिक कार्यक्रमलाई करमा समेट्नुपर्ने सुझाव दिए । सदस्य मोहनकुमार खड्काले प्रदेश सरकारले कृषि आयमा कर लगाउने सम्बन्धमा प्रस्ट पार्नुपर्ने धारणा राख्दै ठेक्कापट्टामा काटिने निर्माण कोष प्रदेशमा रहनुपर्ने ध्यानकर्षण गराए ।

अर्का सदस्य सरिता थापाले प्रदेशलाई आत्मनिर्भर बनाउन करको दायरा बढाउन पहल गर्नुपर्नेमा जोड दिए । सदस्य सावित्राकुमारी रेग्मीले ज्येष्ठ नागरिकको उमेर ६८ वर्षलाई आधार मानी घरजग्गा रजिष्ट्रेशमा छुट दिन सुझाव दिँदै दण्ड जरिवाना प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

यसअघि शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य अम्बिका थापाले पेट्रोलियम पदार्थको मूल्य अविलम्ब घटाउन सरकारको ध्यानाकर्षण गराए ।

सदस्य ज्योति सुब्बाले सुनसरीको इनरुवा बहुमखी क्याम्पस जीर्ण अवस्थामा रहेकाले बजेटको व्यवस्था गर्न माग गर्दै सोही क्षेत्रका स्वास्थ्य स्वयम्सेविकालाई साइकल उपलब्ध गराउन आग्रह गरे । प्रदेशसभाको अर्को बैठक असार १२ गते दिनको १ बजे बस्ने छ ।

सम्बन्धित समाचार

फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै

फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै

लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक...

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...