आरजु राणा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा
कुश्मा । प्रधानमन्त्री सेर बहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी छन् ।
कालीगण्डकी नदि खोँचमा नदि देखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा देउवाले नेपाली काङ्ग्रेसका नेता अर्जुन जोशी लगायत कार्यकर्तासँगै बसेर आनन्द लिएकि हुन् ।
पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफि सहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिब्यक्ती दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ ।
पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने उद्देशले स्काइ क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।


ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




