प्रमुख खवर

‘अभ्यास मनसुन-२’ सञ्चालन

काठमाडौं । वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनिकरण, रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न अभ्यास गरिएका छन् ।

विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद् प्रतिकार्य अभ्यास गरिएको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले जानकारी दिए ।

भेरी नगरपालिका-११ मटेलामा विपद् प्रतिकार्य सिमुलेशन ‘अभ्यास मनसुन-२’ सञ्चालन गरिएको उनले जानकारी दिए ।

भविष्यमा आइपर्ने प्राकृतिक एवं मानव सिर्जित विपत्ति एवं दुर्घटनामा परेकाको खोज, उद्धार, उपचार एवं राहत वितरणकार्य समन्वयात्मक र असरदार ढङ्गबाट सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको आयोजनामा सबै सुरक्षा निकाय र सरोकारवालाको सहभागितामा उक्त अभ्यासको आयोजना गरिएको थियो ।

उक्त अभ्यासमा चन्दननाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरोमा फसेका व्यक्ति तथा उनीहरूको भौतिक सम्पत्ति र बाढीमा फसेका ब्यक्तिको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा लैजाने तथा बिरामी एवं घाइतेको प्राथामिक उपचार गरी स्वास्थ्यचौकी एवं अस्पताल लैजानेसम्मको प्रदर्शन प्रस्तुत गरेको थियो ।

सो गणले गत वर्ष पुस र चैत महिनामा यसै प्रकृतिका दुईवटा विपद् प्रतिकार्य अभ्यास सञ्चालन गरिसकेको छ । मनसुनपूर्व सुरक्षा निकाय, स्थानीय निकाय, रेडक्रस र स्वास्थ्य संस्था सम्मिलित गराई भएको यस ‘मनसुन-२’ विपद् प्रतिकार्य अभ्यासले विपद्को समयमा समन्वयात्मक ढंगबाट कार्यसम्पादन गर्न सहयोग पुग्ने गणपति गोतामेले बताए ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सबै सुरक्षा निकायहरूको सहकार्यमा सम्पन्न अभ्यासले भविष्यमा विपद् उद्धार कार्यमा काम गर्न सहज हुने बताए । दुई वर्षअघि बारेकोट गाउँपालिका-४ स्थित सार्कीटोलमा भएको घटनामा समेत सेना नै अगाडि पुगेर उद्धार गरेको थियो ।

विपद्को समयमा रात्रिकालीन अवस्थामा पनि हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने हेलिप्याड निर्माण गरेको सेनाले सबै खालका विपद्को समयमा अग्रमोर्चामा काम गर्दै आएको छ ।

भेरी नगरपालिकाको जगतीपुरमा गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री र स्थानीयलाई कपडा वितरण गरी चिसोबाट जोगाउने कामसमेत सेनाले गरिसकेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...