प्रतिनिधिसभा : नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिमा सांसदको प्रश्न
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मूल्यवृद्धि, लामो समयदेखि संसद्मा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनहरुले नागरिकसँग प्रत्यक्ष जोडिएका ती विषयमा जनधनको सुरक्षा तथा सहज जीवनयापनका लागि उचित कदम चाल्न सभामुखमार्फत सरकारसँग आग्रह गरे ।
उनीहरुले राजधानी काठमाडौँमै हैजाको बिरामी देखिएको बताउँदै उचित तवरबाट फोहर व्यवस्थापन गर्नसमेत माग गरे । शून्य समयमा सांसद लालप्रसाद साँवा लिम्बूले विपद् व्यवस्थापन र आपतकालीन उद्धारको पूर्व तयारी कार्यलाइ चुस्त पार्न ध्यानाकर्षण गराए ।
सांसद लालबाबु पण्डितले दुई लाख ५० हजार युवा नागरिकताविहीन भएर पहिचानको खोजीमा रहेको बताए । उनले नागरिकता विधेयक फाष्ट ट्र्याकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।
उनले संघीय निजामति विधेयक फिर्ता गर्नु संघीयताको मर्म विपरीत भएकाले राज्य व्यवस्थाबाट पारित भएको उक्त विधेयकलाई संसद्मा ल्याई पारित गर्न आग्रह गरे । सांसद विनाकुमारी श्रेष्ठले कोही पनि नेपाली नागरिकता लिनबाट वञ्चित नहोस् र कोही पनि विदेशीले नागरिकता नपाओस् भन्नेतर्फ सचेत हुन आग्रह गर्दे भनिन्, “नेपाली छोराछोरी अनागरिक भएर बस्नुपर्ने कहिलेसम्म ।”
उनले भनिन् , “नागरिकता नहुँदा बैंक खाता खोल्न पाएका छैनन्, विदेशमा पढ्न जान पाएका छैनन्, विदेशमा काम गर्न जान पाएका छैनन्, वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नपरोस्, छिटो व्यवस्थापन होस् ।” सांसद विशाल भट्टराईले मध्यपहाडी पुष्पलाल लोकमार्गलगायतका सडक सुस्तगतिमा काम भएको भन्दै छिटो अघि बढाउन आग्रह गरे ।
सांसद सत्या पहाडीले जाजरकोटलगायत केही स्थानीय पालिकामा बैंकका शाखा नखुल्दा सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्न नसकेको बताए । सांसद सरिता न्यौपानेले उपत्यकाको फोहरमैला व्यवस्थापनमा जोड दिइन् । सांसद विनादेवी बुढाथोकीले काठमाडौंमा हैजाका बिरामी देखिएको भन्दै फोहर व्यवस्थापन गर्न आग्रह गरिन् ।
सांसद लक्ष्मीकुमारी चौधरीले मूल्यवृद्धिले हातमुख जोर्न धौधौ भइरहेका बेला रुस र युक्रेनको युद्धलाई दोष थोपरेर पन्छिन नपाउने बताइन् ।
उनले नागकिरता विधेयक छिटो सदनमा ल्याउन माग गरिन् । सांसद लक्ष्मी परियारले बाढीपहिरो बढ्दो क्रममा रहेकाले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेर नागरिकलाई सरकार भएको अनुभूति दिलाउन अनुरोध गरिन् । सुजाता परियारले मूल्यवृद्धि नियन्त्रण गर्न माग गरिन् ।
सांसद हीरा गुरुङले महंगीले ढाड सेकिसक्यो, नागरिकलाई सास्ती कति दिने हो भनेर प्रश्न गरिन् । उनले बजारमा मनोमानी दरभाउ बढ्दो रहँदा पनि सरकार मौन बसेको आरोपसमेत लगाए ।
शून्य समयमा सांसदहरु समिना हुसेन, लालबहादुर थापा, विन्दा पाण्डे, सीताराम महतो, विमला विश्वकर्मा, शरिताकुमारी गिरी, सत्यनारायण शर्मा खनाल, सूर्यनारायण यादव र सञ्जयकुमार गौतमलगायतले धारणा राखेका थिए ।
ताजा अपडेट
-
१.
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
-
२.
अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
-
३.
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
-
४.
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
-
५.
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




