प्रमुख खवर

नेपाल टेलिकमको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी (Lease Connectivity) को नयाँ महसुल दर कायम गरेको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट ( Internet) तथा इन्ट्रानेट (Intranet) दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।

इन्टरनेट (Internet) लिज लाइनअन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २ हजार ५ सय रहेकोमा अब १ हजार ६ सय रुपैयाँ मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि २ हजार ३ सय रुपैयाँबाट घटाएर १ हजार ६ सय रुपैयाँ नै कायम गरिएको छ ।

५१ देखि सय एमबीपीएस र सय एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल क्रमशः २ हजार १ सय रुपैयाँ १ हजार ९ सय रुपैयाँ रहेकोमा अब दुवैको महसुल दर १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

इन्ट्रानेट (Intranet) लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २ हजार ७ सय रुपैयाँ रहेकोमा अब २ हजार ४ सय, ११ देखि १ सय एमबीपीएसको २ हजार ४ सय रुपैयाँ रहेकोमा अब २ हजार १ सय र १ सय एमबीपीएसभन्दा बढीको २ हजार १ सय रुपैयाँ रहेकोमा अब १ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।

 

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...