सफ्ट्वेरिका कलेजका विद्यार्थी बेलायतको अवलोकन भ्रमणमा
काठमाडौं । बेलयात स्थित कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ईकमर्सका दस जना विद्यार्थी अवलोकन भ्रमणकालागि बेलायत पुगेका छन् ।
विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालय लेक्चर कक्षामा भाग लिने तथा कार्यशालाहरुमा सहभागी हुने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।
विद्यार्थीहरुले यात्राका बेला लन्डन आई टावर ब्रिज, लन्डन म्यूजियम लगायत बेलायतका प्रमुख पर्यटकीय स्थलहरू अवलोकन गर्ने तालिका रहेको श्रेष्ठले बताए।
१० दिनका लागि लगिएको उक्त भ्रमणमा आवतजावतको टिकट, बसोबास लगायतका सम्पुर्ण खर्च कलेज नै गरेको बिजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए ।
विभिन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गर्ने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकरण क्षमता भएका र पारस्परिक कौशल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिति र पढाईमा लगनशील विद्यार्थी छनौट गरिएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए।
‘आगामी दिनमा पनि हरेक वर्ष यस्ता भ्रमणको आयोजना गरिने छ,’ थापा थप्छन् ‘भ्रमणमा सहभागी विद्यार्थीहरूले इन्टरन्यासनल एडुकेसनका साथै इन्टरन्यासनल एक्स्पोजर पनि पाउनेछन् ।’
जुन १९ बेलायत निस्केको टोलि जुन २९ मा नेपाल फर्कने छन् । यस भ्रमणमा कलेजका २६ र २७ ब्याच सहभागी भएको र ब्याच २८, २९ र ३०ं का विद्यार्थी पनि भ्रमणमा जाने तयारीमा रहेका छन् । भ्रमणमा कलेजका तर्फबाट डाइरेक्टरहरु अमृत थापा र मनोज कुमार श्रेष्ठ, कलेज प्रमुख प्रमोद पौडेल र एकेडेमीक अपरेसन हेड अच्युत तिम्सिना सहभागी छन् ।

ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




