प्रमुख खवर

१० लाख रुपैयाँ जरिवाना ठहर भएका खड्का पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १० लाख १२ हजार रुपैयाा जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोलीले विसं २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र बिगोबमोजिम रु १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले खड्काले आफ्नो प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकाले अदालतको आदेशअनुसार कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ खड्कालाई उच्च अदालतले बैंकिङ कसुर तथा सजाया ऐन २०६४ बमोजिम कैद तथा जरिवना हुने फैसला सुनाएको थियो । प्रहरीले पक्राउ खड्कालाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...