चित्रकार बमजमको चित्रकला तथा वृत्तचित्र प्रदर्शनी

काठमाडौं । करुणा फाउण्डेसनको आयोजनामा अपांगता भएका व्यक्तीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी वृत्तचित्र शुभारम्भ तथा चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । अति अशक्त अपाङ्गता भएका व्यक्तीको जीवनमा आधारित यस भिडियो वृत्तचित्रले अपाङ्गता भएका व्यक्तीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा चर्चा तथा छलफल गर्न आधार तयार पार्ने फाउण्डेसनले विश्वास लिएको छ ।
कार्यक्रममा चित्रकार अमिर बमजमले बनाएका चित्रको प्रदर्शनी तथा बिक्री गरिएको छ । प्रदर्शनीमा १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका चित्र बिक्रीमा रहेका थिए भने, चित्रकला बिक्री भएको रकम बमजमलाई प्रदान गरिने छ । शुक्रबार मात्र ३ लाख रुपैयाँ बराबरको चित्रकला बिक्री भएको फाउण्डेसनका वित्त तथा प्रशासन प्रमुख दिनेश ढकालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालका प्रमुख नोना डेप्रोजले करुणा फाउण्डेसले गरेको कामको प्रशंसा गर्दै आफूलाई बोल्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरिन् ।
त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले करुणा फाउण्डेसनले यस क्षेत्रमा गरेको काम देखेर खुसी लागेको र आफूले पनि साथ तथा सहयोग गर्ने बताइन् ।
त्यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी जमुना मिश्रले यस क्षेत्रमा रहेका समस्या समाधान गर्नतर्फ लाग्ने बताइन् ।
वृत्तचित्र निर्माता पुनम पौडेलले डकुमेन्ट्री बनाउदाँको अनुभव सुनाएकी थिइन् ।
चित्रकार बमजमले आफ्नो जीवनका विभिन्न घटना सुनाउदै फाउण्डेसनले आफूलाई गरेको सहयोग प्रति आभार व्यक्त गरे । आफ्नो घर परिवारको साथ र सहयोगले नै आफू सफल भएको उनको भनाई छ । बमजम चित्रकार मात्र नभई गायक पनि हुन् । कार्यक्रममा बमजम श्रीमती छोरी र परिवारसहित सहभागी थिए । अपांगता भएका व्यक्तीमा पनि यौन चाहना र प्रजनन क्षमता हुन्छ भन्ने कुरा अमिर र पुष्पाको जोडीले दिएको छ । छोरी जन्मिएपछि आफु निकै खुसी भएको अमिरले बताए ।
कार्यक्रममा करुणा फाउण्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले फाउण्डेसनका बारेमा जानकारी गराएका थिए भने, डा. उत्तम शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




