प्रमुख खवर

रुकुम पूर्वका सबै पालिकाले ल्याए बजेट

रुकुम । रुकुमपूर्वमा सबै स्थानीय तहले आगामी आर्थक वर्षको बजेट सार्वजनिक गरेका छन्। असार ९ गते आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेका तीन वटै गाउँपालिकाले १० गते बजेट गाउँसभामा पेश गरेका हुन् । सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु ५७ करोड ७६ लाख ४० हजार ४६४ पेश गरेको छ ।

जसमा संघीय सरकार समानीकरण अनुदान रु १२ करोड २४ लाख, संघीय सरकार सशर्त अनुदान २२ करोड ९७ लाख, संघीय सरकार राजस्व बाँडफाँट रु आठ करोड ९८ लाख ४७ हजार रहेको छ । संघीय सरकार विशेष अनुदान रु एक करोड ७० लाख, संघीय सरकार समपूरक अनुदान रु दुई करोड २० लाख, आर्थिक वर्ष २०७८/७९ को बजेट रु दुई करोड १४ लाख ४१ हजार ४ सय ६४ रहेको छ ।

प्रदेश सरकार समानीकरण अनुदान रु ६६ लाख ६४ हजार, प्रदेश सरकार सशर्त अनुदान रु एक करोड २० लाख, प्रदेश सरकार विशेष अनुदान रु ६० लाख, प्रदेश सरकार समपूरक अनुदान रु एक करोड ५० लाख रहेको छ । भूमे गाउँपालिकाले आव २०७९/८० का लागि रु ५३ करोड ४२ लाख १२ हजार ४५२ बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सविना बुढा मगरले शुक्रबार गाउँसभामा आगामी आवको बजेट पेश गरेका हुन् ।

कूल विनियोजनमध्ये चालुतर्फ रु ३३ करोड छ लाख ४० हजार ४३० रहेको छ भने पुँजीगततर्फ रु १९ करोड ३५ लाख ७२ हजार रहेको छ । आन्तरिक राजस्वबाट रु ७५ लाख ५० हजार २८२, राजस्व बाँडफाँटबाट रु १० करोड १५ लाख एक हजार ७० तथा गत वर्षको अनुमानित मौज्दात रु तीन करोड २२ लाख ६७ हजार गरी आन्तरिक आयबाट जम्मा रु १४ करोड १३ लाख १८ हजार ३५२ बेहोरिने भएको छ ।

त्यसैगरी वित्तीय समानीकरण अनुदानबाट रु १२ करोड ९४ लाख ७४ हजार, सशर्त अनुदानबाट रु २१ करोड १४ लाख र स्थानीय जनसहभागिताबाट रु ४० लाख स्रोत बेहोरिने पालिकाले जनाएको छ। समपूरक अनुदानबाट रु दुई करोड, विशेष अनुदानबाट रु एक करोड ६० लाख बेहोरिने भएको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढाले आर्थिक वर्ष २०७९/८० का लागि रु ५१ करोड २६ लाख ३९ हजार बजेट गाउँसभामा पेश गरेका छन् । जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान रु ११ करोड ५५ लाख छ । संघीय सरकारको राजस्व बाँडफाँट रु १० करोड १३ लाख ५५ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशको वित्तीय समानीकरण अनुदान रु ६३ लाख ४७ हजार, राजस्व बाँडफाँट रु ६६ लाख ३५ हजार प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक स्रोत रु ५० लाख र गत आवको मौजाद रु ५० लाख छ । त्यस्तै आर्थिक विकासतर्फ रु एक करोड ५० लाख अनुमानित बजेट छ । जसमा कृषि र पशुमा रु ६०/६० लाख र पर्यटनमा रु ३० लाख रहेको छ । समाजिक विकासतर्फ रु सात करोड ६० लाख अनुमानित बजेट छ ।

यसमा शिक्षातर्फ रु पाँच करोड ५० लाख, स्वास्थ्यमा रु ९० लाख र लैंगिक समानता तथा समाजिक समावेशीकरणमा रु एक करोड २० लाख रहेको छ । पूर्वाधारतर्फ अनुमानित बजेट रु सात करोड ४८ लाख ३९ हजार छ । जसमा प्रदेश सरकार समपूरक अनुदान रु एक करोड २५ लाख, प्रदेश सरकार समपूरक अनुदान दायित्व रु एक करोड २५ लाख रहेको छ ।

वन वातावरण तथा विपद् व्यवस्थापनमा अुनमानित बजेट रु ४० लाख छ । जसमध्येमा फोहरमैला व्यवस्थापन एवं वृक्षरोपण कार्यक्रममा रु १० लाख र विपद् व्यवस्थापनमा रु ३० लाख रकम प्रस्ताव गरिएको छ । तीनवटै पालिकाको गाउँसभामा पेश भएको बजेटमाथि छलफल सुरु गरिएको छ ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...