स्वास्थ्य र शिक्षामा धन-योग फाउण्डेशनको सहकार्य
काठमाडौं । धन-योग फाउण्डेशन, युएसले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि सहकार्य अघि बढाएको छ ।
युएसले धन–योग फाउण्डेशन, नेपालसँगको सहकार्यमा नेपालका दुर्गम, विपन्न र सीमान्तकृत क्षेत्र तथा समुदायका लागि स्वास्थ्योपचार र शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न लागेको हो ।
दुवै संस्थाका पदाधिकारीहरूबीच शनिबार काठमाडौंमा आयोजित ‘मिट एण्ड ग्रिट–२०२२’ समारोहमा फाउण्डेशन युएसका अध्यक्ष डा सचिन मास्केले संस्थाको तत्कालीन र दीर्घकालीन रणनीतिहरू सार्वजनिक गरे । संस्थाले नेपालमा मधुमेहका बिरामीहरूको उपचारमा केन्द्रित अस्पताल स्थापनाका लागि आफूले पहल गर्ने उनले घोषणा गरे । फाउण्डेशन, युएसकी उपाध्यक्ष डा सबिना मास्केले आफ्नो मुुलुक र समाजप्रतिको दायित्व सम्झेर फाउण्डेशन क्रियाशील भएको बताए ।
फाउण्डेशन नेपालकी अध्यक्ष स्मृति शर्मा तिवारीले संस्थाले यसै वर्षदेखि हरेक साल मधुमेह र आँखासम्बन्धी स्वास्थ शिविर, निःशुल्क उपाचार तथा जनचेतना कार्यक्रम गर्ने जानकारी गराइन् ।
दृष्टिविहीन तथा अभिभावकविहीन बालबालिकालाई छात्रबृत्ति प्रदान गर्ने पनि उनले बताइन् । फाउण्डेशनका परियोजना प्रमुख सरला श्रेष्ठले नेपालमा सामाजिक कार्यहरू गर्दा आइपर्ने चुनौतीबारे जानकारी दिइन् भने सचिव नुज्जु अवालेले फाउण्डेशनका लक्ष्य र उद्देश्य अवगत गराएकी थिइन् ।
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




