समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् ।
उनले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले समाज परिवर्तनका लागि विज्ञान तथा प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरेका छन् ।
उनले भने, “यस्ता कार्यक्रमबाट स्वदेशमा मात्रै नभएर विदेशमा रहेका विज्ञसँग सहकार्यका साथै सुझाव लिन पनि सहयोग पुग्नेछ ।”
नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि क्षेत्रको विकास र विस्तारमा केन्द्रित यस किसिमको सम्मेलनले समग्र देश र जनता लाभान्वित हुने विश्वास पनि व्यक्त गरेका छन् ।
नाष्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हरेक चार वर्षमा आयोजना हुने यस किसिमको सम्मेलनबाट विज्ञान प्रविधिमा आधारित नीति निर्माणमा योग्दान पुग्ने बताए ।
उनले विज्ञान र प्रविधिको उचित विकासबिना मुलुकले विकासको फड्को मार्न नसक्ने भएकाले यस क्षेत्रमा विभिन्न काम गरिरहेका जानकारी गराए ।
नाष्टले विज्ञानका साथै वैज्ञानिकको हितमा ‘गैरआवासीय विज्ञान पुरस्कार’ स्थापना गर्नुका साथै युवा तथा महिला वैज्ञानिकका हितमा एक फोरम स्थापना गरी कार्य गरिरहेको श्रेष्ठले जानकारी गराए ।
नाष्टका प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ‘साइन्स सिटी निर्माण’ ‘साइन्स फर सोसाइटी’ लगायतका विषयममा छलफल एवं प्रस्तुति हुने बताए ।
उक्त कार्यक्रममा मुलुकका ३५० भन्दाबढी विज्ञका साथै वैज्ञानिकको उपस्थिति रहेको नाष्टले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




