कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
काठमाडौं । काठमाडौंको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एक जनाको मृत्यु भएकोे छ ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेनको गए राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दुर्घटनामा गम्भीर घाइते भएका सेनको उपचारका क्रममा बी एन्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको जानकारी दिए ।
सोही दुर्घटनालगत्तै बालकुमारीबाट कोटेश्वर आउँदै गरेको प्रदेश नं ३-०१-००६ ख ०२९५ नंको ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा माइक्रोबसका सहचालक रामेछाप मन्थलीका २३ वर्षीय विमल सुनुवार घाइते भएका छन् । घाइते सुनुवारको उपचार लागि सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए ।
प्रहरीले दुर्घटनामा संलग्न माइक्रोबस र ट्रकलाई नियन्त्रणमा लिएको छ भने माइक्रोबस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो । दुर्घटनासम्बन्धी प्रहरी वृत्त बानेश्वरले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




