प्रमुख खवर

भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ

काठमाडौं । महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत-३ बस्ने २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत-९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई दुईवटा चार चक्के र एक मोटरसाइकलसहित पक्राऊ गरिएको हो ।

जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका-५ चौरिया गाउँमा भारतबाट गाडीको कागजपत्र र नेपाल प्रवेश गर्ने भन्सार अनुमतिपत्र बिना बिआर ०६ बिवाई ५५४५ र डिएल ९ सिक्युएस २६८१ नंको दुईवटा मारुती सुजुकी कार र बिआर ३० एम ७५७४ नंको मोटरसाइकल लिएर नेपाल आएका तीनै जनालाई प्रहरी चौकी चौरिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...