प्रमुख खवर

तत्काल करको दायरामा आउन व्यवसायीलाई आग्रह

पोखरा । आन्तरिक राजश्व कार्याल पोखराका मुख्य कर अधिकृत रमेश शर्माले करको दायरामा नआएका व्यवसायीहरुलाई तत्काल दायरामा आउन आग्रह गरेका छन् । उनले आउँदो साउनदेखि अनुगमनलाई तीव्र बनाउने पनि घोषणा गरे ।

आन्तरिक राजश्व पोखराले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा मंगलबार आयोजना गरेको आर्थिक अध्यादेश ऐन २०७९ले व्यवस्था गरेको कर छुटबारे जानकारी दिन आयोजित अन्तरक्रियामा उनले भने,‘जसले आम्दानी गर्छ,उसले कर तिनैपर्छ ।’

कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले कर छुट र दण्ड–जरिवानाबारे व्यवसायीहरु सचेत बन्नुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुलाई आफ्नो लेखा प्रणाली चुस्त–दुरुस्त राख्न आग्रह पनि गरे ।

आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत अर्जुन दाहालले आर्थिक अध्यादेशले ३० लाखभन्दा कमको कारोबार गर्नेहरुको करमा ७५ प्रतिशत,चलचित्र, होटल,रेस्टुरेन्ट,ट्राभल एजेन्सी,कृषि,टे«किङ एजेन्सीलाई यो वर्ष ५० प्रतिशत कर छुट गरिएको जानकारी दिए ।

कर छुटबारे आन्तरिक राजश्व कार्यालयबाट जानकारी लिन पनि उनको आग्रह थियो । कार्यक्रममा बोल्दै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले कर छुटको प्रावधान स्वागतयोग्य रहेको बताए ।

उनले घरबहाल करको दायित्व घरधनीकै भएको र पोखरा महानगरले घरधनीसँगै कर लिने घोषणा गरिएको जानकारी दिए ।कार्यक्रमा दर्ताविनै संचालनमा आएका व्यवसायीहरुका कारण आफूहरु मर्कामा परेको,व्यवसाय बर्गीकरण वैज्ञानिक नभएकोलगायतका गुनासा राखेका थिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...