प्रमुख खवर

पत्रकारिता निर्देशिकालाई सबै नागरिकलाई उदाहरण हुने गरी कार्यान्वयन गरेर जानुपर्छ : कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार क्षेत्रमा कार्यस्थल सुरक्षितसम्बन्धी निर्देशिका पत्रकारलाई मात्र नभई सबै नागरिकलाई उदाहरण हुने गरी कार्यान्वयन गरेर जानुपर्ने बताएका छन् ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज आयोजना गरेको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ विषयक राष्ट्रिय गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।

“सञ्चार क्षेत्रमा कार्यस्थल सुरक्षितसम्बन्धी निर्देशिका एउटा दस्ताबजे बनाउने मात्र होइन, यसलाई कार्यान्वयन गरेर जानुपर्छ” मन्त्री कार्कीले भने, “यो दस्ताबेजले पत्रकारलाई मात्र होइन, सबै नागरिकलाई उहारण हुने गरी कार्यान्वयन गरेर जानुपर्छ ।”साथै उनले  नेपालको पत्रकारितालाई खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्ने बताएका हुन् ।

सञ्चारमाध्यमको कार्यकक्ष, कार्यस्थल, समाचार संकलन गर्ने ठाउँमा मात्र सुरक्षा नभइ समग्र समाजलाई सुरक्षित बनाउने विषयमा छलफल हुनुपर्ने जरुरी भएको उल्लेख गर्दै उनले भने,“सञ्चारकर्मी आफू अनुशासित, उत्तरदायी र पादरर्शी हुन सके आफू र समाजलाई पनि हिंसाबाट मुक्त गर्न सक्छौँ ।”

मन्त्री कार्कीले विकसित तथा अविकसित देशहरुका समस्या फरक खालका हुने प्रसंग उल्लेख गर्दै सुन्दर देश नेपालको प्राकृतिक स्रोतसाधनको उपयोग गरी समाजप्रति उत्तरदायी नागरिक बनाउन सञ्चारमाध्यमको भूमिका अहम हुने पनि चर्चा गरे । “नेपाल प्राकृतिक हिसाबले निकै सुन्दर देश हो, प्राकृतिले प्राकृतिक स्रोत साधन दिएको छ” मन्त्री कार्कीले भने, “प्राकृतिक सम्पदाको प्रयोग गरेर दक्षिण एसियामा आगामी पुस्ता धनी बनाउन जरुरी छ, त्यस कार्यमा सबैजना लाग्न जरुरी छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले कुनै पनि कार्यस्थल सुरक्षित बनाउन सरकारको दायित्व रहेको भए पनि सञ्चार क्षेत्र अरु कार्यस्थलभन्दा फरक र संवेदनशील भएको बताए ।

पत्रकारको कार्यस्थल काम गर्ने ठाउँ मात्र नभएर समाचार संकलनका साथै समाचारका स्रोतसम्म पनि पुग्नुपर्ने एक महत्वपूर्ण स्थान भएकाले यसलाई फरक प्रकृतिको र संवेदनशील कार्यस्थलका रुपमा लिनुपर्ने धारणा उनले राखे । सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थलसम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिल पनि सरकारकै अंग भएको सचिव डा अर्यालले बताए ।

“नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका सम्पूर्ण बैंकहरुले कानुन सरह लागू गर्छन्”सचिव अर्यालले भने, “त्यस्तै सञ्चारको क्षेत्रमा प्रेस काउन्सिले लागू गरेको आचारसंहिता वा निर्देशिका पनि कानुन सरह लागू हुन्छ ।”

उनले सरकारले यो निर्देशिका कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक सहयोग गर्ने विश्वास समेत व्यक्त गरे । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ सम्बन्धी निर्देशिकाको अवधारणा प्रस्तुत गरेका थिए । उक्त निर्देशिकालाई अन्तिम रुप दिएर प्रेस काउन्सिलले लागू गर्नेछ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...