‘कृषिमा आधुनिकीकरण आवश्यक छ’
काठमाडौं । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएको छ ।
बन्दीपुर गाउँपालिका-१ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात् उनले बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा जोड दिए ।
पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए आत्मनिर्भर बन्न सकिने उनले बताए । “प्रदेश सरकारले के गर्नुपर्छ त्यसका लागि कुनै कन्जुस्याइँ हुनेछैन”, उनले भने, “त्यसका लागि किसान जागरुक बन्न आवश्यक छ ।”
प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्र्याक्टर अनुदानमा प्रदान गरिएको हो । प्रदेश सरकार कृषि मन्त्रालयबाट रु २४ लाखको लागतमा उक्त ट्र्याक्टर प्रदान गरिएको हो ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले पहाडी भागमा सुन्तला तथा कागती खेती गरी पाखाटारमा लिफ्टिङको व्यवस्था गरी सिँचाइ गर्न सकिए मात्रै कृषि क्षेत्रमा फड्को मार्न सकिने बताए ।
उक्त समूहमा एक सयभन्दा बढी सदस्य आबद्ध रहेको समूहकी अध्यक्ष अञ्जु श्रेष्ठले जानकारी दिए । प्राप्त भएको ट्र्याक्टरले सस्तो भाडा दरमा जमिन जोत्न प्रयोग गरिने उनले बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...




