प्रमुख खवर

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिएका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताए ।

यही असार ६ गते भएको एन्फाको निर्वाचनमा नेम्वाङ चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचित हुने अन्य टोलीमा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजङ्ग शाही र दीर्घबहादुर केसी छन् ।

त्यसैगरी सदस्यहरुमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजयनारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टीका लामा, मणिराज विष्ट र मनिष जोशी छन् ।

महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...