प्रदेश

बागमती प्रदेशसभा बैठक : आगामी आवको बजेट बहुमतले पारित

काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त बजेटसम्बन्धी प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।

प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट ल्याएको थियो । यही असार १ गते बसेको प्रदेशसभामा मन्त्री जम्मकट्टेलले उक्त बजेट प्रस्तुत गरेका थिए ।

कूल रु ७० अर्ब ९३ करोड बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पूँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको थियो ।

प्रदेशसभाको आज बसेको तीन चरणको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७९ माथि छलफल भएको थियो । बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ पनि पारित गरेको छ ।

बैठकमा विभिन्न मन्त्रालय र निकायहरूको बजेटका शीर्षकहरूमाथि १९सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।खर्च कटौतीको प्रस्ताव गर्नेहरुमा विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, नेमकिपा बागतमी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाइ, नेमकिपाकी सिर्जना सैँजु, विवेकशील साझाकी शोभा शाक्य, राप्रपाकी रीना गुरुङ, नेकपा ९एमाले०की गोमा भुर्तेल, आशामाया तामाङ, विनोदकुमार खड्का, नारायणप्रसाद सिलवाल, दीपक निरौला, सरस्वती बस्नेत, मैना अछामी, राजेश शाक्य, बेलीमाया घले, प्रकाश श्रेष्ठ, रामेश्वर फुँयाल, सरेश नेपाल र सीता लामा थिए ।

सम्बन्धित समाचार

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...