प्रमुख खवर

कोसी कटानको रोकथाममा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुनेगरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सिँचाइ सचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सशस्त्र प्रहरी बलका प्रदेश १ कार्यालय प्रमुख सशस्त्र प्रहरी नायबमहानिरीक्षक कमल गिरीलगायतलाई टेलिफोन गरी तत्काल कटान रोकथाममा जुट्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

सो निर्देशनलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय मिलेर कोसीले कटान सुरु गरेको स्थानमा तारजालीमा ढुङ्गा भर्ने र बालुवा बोरामा भरेर कटान रोक्ने कार्य गरिरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।

बहाव ठूलो भएकाले समस्या भइरहेको जनाइएको छ । यो क्षेत्रमा गत वर्ष पनि कोसी नदीले कटान गरेको थियो ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...