एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्न आवेदन
झापा । जिपिएस प्रविधि जडानका लागि जिल्लामा एउटा मात्र एम्बुलेन्सको निवेदन परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
जिपिएस प्रविधि जडानका लागि आवेदन दिनेमा नेपाल रेडक्रस सोसाइटीका कन्काई शाखाको प्रदेश नं. १-१०-००१ च ९२०१ नम्बरको एम्बुलेन्स मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । प्रशासनले जिपिएस जडान गर्न गत असार १४ गतेसम्म आवेदन दिनका लागि सूचना जारी गरेको थियो ।
सोही सूचनाका आधारमा रेडक्रस कन्काई शाखाको मात्र निवेदन परेको उनको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले ग्लोबल फण्डको सहयोगमा एम्बुलेन्समा जिपिएस जडान गर्ने योजना रहेकाले सम्बिन्धत जिल्लामा सेवा पुर्याइरहेका एम्बुलेन्सलाई मापदण्ड दिँदै आवेदनका लागि जिल्लामा सूचना जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो ।
जिपिएस जडानका लागि आवेदन दिन ‘क’ वा ‘ख’ वर्गको एम्बुलेन्स हुनुपर्ने, स्वास्थ्यचौकी, अस्पताल वा स्वास्थ्यसँग सम्बन्धित संस्था हुनुपर्ने, एम्बुलेन्स चालकले ‘वीइएमटी’ मान्यता प्राप्त तालिम लिएको हुनुपर्ने, एम्बुलेन्स सञ्चालन अनुमति लिएको, नवीकरण भइरहेको, ‘फोर डी’ भएकोलगायतको मापदण्ड बनाइएको थियो ।
नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार जिल्लामा हाल १२७ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालनमा छन् । तर जिल्लामा सञ्चालित एम्बुलेन्स सबै नै ‘ग’ वर्गका रहेको हुँदा निवेदन नपरेको हुनसक्ने सोसाइटी झापा कार्यालयका अधिकृत हरिशरण खड्काले जानकारी दिए ।
जीपीएस प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा सजिलै जानकारी प्राप्त हुने, एम्बुलेन्सका चालकले यात्रु बोकेको वा गैरकानुनी काम गरेको अवस्थामा थाहा लाग्ने आदि कारणले महत्वपूर्ण हुने उनको भनाइ छ ।
उनले रेडक्रसद्वारा सञ्चालित एम्बुलेन्स ‘अपग्रेट’ गराएर ‘ख’ वर्गको बनाउने तयारी गरिरहेको जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




