प्रमुख खवर

बालबालिकाका लागि थप २३ लाख खोप काठमाडौं आइपुग्यो

काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २३ लाख खोप आज काठमाडौं आइपुगेको छ ।

५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरस विरुद्धको थप करिब २३ लाख मात्रा फाइजर खोप आइतबार काठमाडौं आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरासियाका अनुसार कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २०० मात्रा पेडियाट्रिक डोज खोप आज आइपुगेको हो ।

खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई यो खोप दिइने मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिएको छ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने सरकारको तयारी छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...