प्रमुख खवर

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

काठमाडौं । सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो ।

सन् २०१९ ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२२ को जनवरीमा १७ हजार, फेब्रुअरि २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५८ हजार पर्यटकले नेपालमा भ्रमण गरेका थिए । यो सङ्ख्या नेपाल भ्रमणका लागि हवाई मार्ग हुँदै नेपाल भित्रिएको पर्यटन भएको जनाएको छ । सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुर्दै आएको देखिन्छ ।

कोभिड–१९ पछि नेपालमा पर्यटन आगमनदरमा क्रमिक सुधार आएको देखिन्छ । जुनमा भारतबाट २३ हजार २४८, अमेरिकाबाट आठ हजार ३५१, बङ्गलादेशबाट दुई हजार ५९, बेलायतबाट, दुई हजार, अष्ट्रेलियाबाट एक हजार ४०० जनाले नेपाल भ्रमण गरेका छन् ।

जुनमा सार्कबाट २६ हजार, आसियानबाट, दुई हजार ३००, युरोपबाट चार हजार ७००, अमेरिकन रिजनबाट आठ हजार ९०० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...