प्रमुख खवर

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माको उम्मेदवारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी घोषणा गरेको छ । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले आज पत्रकार सम्मेलन गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी दिए । उनले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसी क्यामरा जडान गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाईचुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
“ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्न अध्यक्ष पदमा मेरो उम्मेदवारी हो”, उनले भने। शर्माले ठमेलभित्रको स्थानीय रीतिरिवाज र संस्कृतिको जगेर्ना गर्दै ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यका रूपमा विकास गरिने बताए ।

ठमेलभित्र व्यवस्थित पार्किङ, ठमेललाई अझ सुन्दर, व्यवस्थित र पर्यटकको आकर्षक केन्द्र बनाउन गोलमेच सम्मेलन गर्ने, ठमेलका समस्या थाहा पाउनका लागि गुनासो बक्स स्थापना गर्ने, ठमेलभित्रका व्यवसायी र घरबेटीलाई तालिम प्रदान गर्ने, पर्यटन व्यवसायी कार्ड उपलब्ध गराइने बताइएको छ । तारको व्यवस्थापन र होर्डिङ बोर्डलाई व्यवस्थित बनाइने शर्माले बताए ।

अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् । बाँकी पदमा पनि चाँडै नै उम्मेदवारी घोषणा गर्ने अध्यक्षका उम्मेदवार शर्माले जानकारी दिए । अध्यक्षका उम्मेदवार शर्मा ठमेल पर्यटन विकास परिषद्को सदस्य, महासचिव र उपाध्यक्ष भइसकेका छन् । विसं २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल एक हजार ८०० भन्दा बढी व्यवसायी तथा घरधनी आबद्ध छन् । परिषद्को २७ औँ साधारणसभा एवं निर्वाचन यही असार ३२ गते काठमाडौंमा हुँदैछ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...