अर्थुङ्गे-घतान-पाखापानी सडक एक साताका लागि बन्द
काठमाडौं । म्याग्दीको बेनी-अर्थुङ्गे-पाखापानी ग्रामीण सडक आजदेखि एक साताका लागि बन्द गरिएको छ । सडका विस्तार तथा स्तरोन्नतिका लागि सडक बन्द गरी तीव्ररुपमा सडक मर्मतको काम अघि बढाइएको हो ।
अठार किलोमिटर सडकखण्डअन्तर्गत बेनी नगरपालिका–६ काफलबोट र बेनी नगरपालिका-९ माटो बिसौनामा अहिले निर्माणकार्य भइरहेको र सडक एक साताभित्रमा मर्मत तथा स्तरोन्नति गरी सवारी साधन सञ्चालन गरिने बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीले बताए ।
वडाध्यक्ष केसीका अनुसार सडक मर्मत तथा स्तरोन्नतिका लागि सहरी विकास तथा ढल निकास आयोजना बागलुङ र कार्यशक्ति कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिबीच रु २८ लाख २३ हजारमा सम्झौता भई काम अगाडि बढाइएको हो ।
यसैबीच बेनी नगरपालिका-९ वडा कार्यालयले आज एक सूचना जारी गर्दै बन्द अवधिभर बेनी-गलेश्वर-काउलेगौडाको सडक प्रयोग गरी निर्माण कार्यलाई सघाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।
सडकखण्डमा ढलान, ग्याबिन जालीसहित अन्य संरचना निर्माणको काम भइरहेको वडाध्यक्ष केसीले बताए । ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




