प्रमुख खवर

ऊर्जामन्त्रीद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हलको उद्घाटन

ललितपुर । ललितपुर महानगरपालिका–१४ नखिपोटमा बहुउपयोगी कभर्ड हल निर्माण गरिएको छ । सरकार र स्थानीयवासीको रु दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको आज एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।

सो अवसरमा उनले स्थानीय जनताको सक्रियतामा निर्माण भएको कभर्ड हलको उपयोगबाट जनताको स्वास्थ्य सकारत्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन् । मन्त्री भुसालले सो कभर्ड हलको उचित संरक्षण र मर्मतसम्भार गर्दै उपयोगमा ल्याउन आग्रह गरिन।

“तीन तहका सरकारका समन्वयबाट जनतालाई सेवा दिने हो, त्यसका लागि निरन्तर पहल गरिरहेको छु”, उनले भनिन्, “आगामी दिनमा जनताको आवश्यकताअनुसार खानेपानी, सडकलगायत पूर्वाधार निर्माणलाई मैले प्राथमिकता दिनेछु ।” मन्त्री भुसालले स्वदेशी उत्पादनको प्रवर्द्धन र उपयोग गर्दा नै राष्ट्रियता सबल हुने उल्लेख गर्दै स्वदेशमै उत्पादित कृषिजन्य वस्तुको उपयोगलाई बढवा दिनुपर्ने बताइन् ।

कार्यक्रममा वाग्मती प्रदेश सांसद राजकाजी महर्जनले खेल र स्वास्थ्यलाई मध्यनजर गर्दै आफूले कभर्ड हल निर्माण गर्न सहजीकरण गरेको बताए। उनले ललितपुरमा एक दर्जन बढी त्यस्ता कभर्ड हल निर्माण सम्पन्न भएको बताएका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...