यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा शुक्रबार बेसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ ।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक लगतै बेसको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागमा रिक्त एआईजी सरहको एक मात्र अतिरिक्त अनुसन्धान निर्देशक पदमा कुलदिप थापालाई नियुक्त गर्ने निर्णय साथै सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिना थप गर्नेलगायत विभिन्न निर्णयहरू गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका निर्णय :
१. सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने ।
२. पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने ।
३. विश्वव्यापी व्यापारका लागि सहायता पुनरावलोकन कार्यक्रममा नेपाल सहभागी हुने ।
४. पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने ।
५. नेपाल-तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने ।
६. नेपाल-चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने ।
७. नेपाली इँटा व्यवसायीको दुई पक्षीय परामर्श संयन्त्र स्थापित गर्ने ।
८. नेपाल र मोरक्कोको दुई पक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने ।
९. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने ।
१०. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने ।
११. सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिनाका लागि थप्ने ।
१२. राष्ट्रिय अनुसन्धान विभागमा रिक्त एआईजी सरहको एक मात्र अतिरिक्त अनुसन्धान निर्देशक पदमा कुलदिप थापालाई नियुक्त गर्ने
१३. सरकारी सार्वजनिक गुठी जग्गा संरक्षण सम्बन्धी मोहन रमण भट्टराई अध्यक्षतामा बनेको समितिले पेस गरेको प्रतिवेदनलाई समितिमा पठाउने निर्णय
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




