प्रमुख खवर

पार्टीलाई जिताउने उद्देश्यका साथ लाग्न अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकमा आज उनले प्रत्येक वडा र पालिकासम्म पार्टीका जनवर्गीय सङ्गठनलाई विस्तार गर्न पनि उनले आग्रह गरे । पहिलो काम कमिटी बनाउने, दोस्रो काम कमिटीलाई सक्रिय बनाउने, तेस्रो काम कमिटीका सदस्यलाई जनता माझमा व्यापक रुपमा परिचालन गर्न सक्रियतापूर्वक लाग्न पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले नेता कार्यकर्तालाई निर्देशन दिए ।

संघ र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सोही अनुरुप लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुनेगरी लाग्न उनले आग्रह गरे ।

“निर्वाचनको समयमा टिकट पाउँछु कि पाउँदिन भन्ने विषयलाई ठूलो विषय नबनाउनुस्, राष्ट्रिय राजनीतिमा आफ्नो प्रतिनिधित्व कसरी बढीभन्दा बढी बनाउने भन्नेमा केन्द्रित हुनुस्, सानो चित्त होइन फराकिलो मन बनाएर लाग्नुस्”, उनले भने ।

बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले जिल्लाबाट प्राप्त भएको प्रतिवेदन पेस गर्ने, वर्तमान शक्ति सन्तुलन, पार्टी र संगठनको अवस्था जस्ता विषय बैठकका ऐजेन्डा रहेको बताए ।

त्यसैगरी बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा, विगतमा प्राप्त गरेको उपलब्धि र कमजोरीकासँगै आगामी कार्यदिशाका बारेमा पनि छलफल हुने बताइएको छ । कार्यक्रममा १३ जिल्लाका नेता कार्यकर्ता सहभागी भएका छन् ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...