प्रमुख खवर

रोटरी क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्षमा देवेन्द्र वास्तोला चयन

पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्षमा देवेन्द्र वास्तोला चयन भएका छन् । क्लबको १७औं स्थापना दिवस र पद हस्तान्तरण कार्यक्रममा उनलाई सन् २०२२–२०२३ को अध्यक्षमा चयन गरिएको हो । रोटरीको विधानअनुसार एक वर्ष अघि नै अध्यक्ष प्रस्ताव गर्ने प्रचलन छ । सोहीअनुसार वास्तोला एक वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्

। क्लबको उपाध्यक्षमा रोटरीयन भानुभक्त भण्डारी, सचिवमा निकेशप्रसाद कर्माचार्य, कोषाध्यक्षमा रोटरीयन माधवप्रसाद बराल, एड्मिन प्रमुखमा रोटरीयन सुरेशकुमार ध्वजु, टिआरएफमा दिनेशशंकर पालिखे, पब्लिक इमेजमा रोटरीयन लक्की कार्की, सर्जेन्ट आम्समा नविनराज बराल, सर्भिस प्रोजेक्ट चियरमा रोटरीयन बाबुराम बराल, मेम्बरसिप चियरमा रोटरीयन सरोजनारायण बराल, युथ चियरमा रोटरीयन जनपुकार मुनाकमी, प्रेसिडेन्ट नोमिनीमा रोटरीयन तोयबहादुर भट्टराई, क्लब ट्रेनरमा रोटरीयन प्रदिवबहादुर आचार्य, एडिटर रोटरीयन शैन्द्रराज श्रेष्ठ र डाइरेक्टरहरु कृष्णहरि पौडेल, शिव वास्तोला, नन्दा श्रेष्ठ , रिना पौडेल, इन्दिरा तिमिल्सीना बराल चयन भएका छन् ।

क्लबका निवर्तमान अध्यक्ष रामप्रसाद वस्ताकोटीले आगामी कार्यकालको लागि अध्यक्षको पिन वास्तोलालाई हस्तान्तरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष रोटरीयन वास्तोलाले आफ्नो कार्यकाललाई सबै रोटरीयनको साथ र सहयोगमा क्लबले गर्ने कार्यहरुलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत पोखराका मुख्य न्यायधिस डिल्लीराज आचार्यले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै देश पद र पदवी ओगट्नेले बिगारेको बताउदै नयाँ नेतृत्वलाई सक्रिय भएर आफ्नो कार्यकाल सफल बनाउन सुझाव दिए ।

त्यस्तै, क्लवका संस्थापक अध्यक्ष देवराज चालिसेले कतिपयले रोटरीलाई खर्च गर्ने अनि नेपालीको पैसा विदेश पठाउने संस्थाको रुपमा लिने गरेको बताउदै हामीले योगदान गरेको रकमभन्दा कयौंगुणा बढी रकम विभिन्न परियोजनाका रुपमा नेपालमै भित्रने भएकाले यस्लाई अन्यथा लिन नहुने बताए ।

कार्यक्रममा रोटरीयन प्रेमप्रसाद शर्मा, विनोद कोइरालालगायतले शुभकामना मन्तब्य रखेका थिए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष कृष्णमान गुवाजुको स्मृतिमा कल्ब र स्व. गुवाजुको परिवारद्वारा स्थापित अक्षयकोष रकमबाट पोखरा १८ मा अवस्थित सिर्जना आधारभूत विधालयलाई विविध खेलकुदको सामाग्री हस्तान्तरण गरिएको थियो ।

क्लबका वर्ष २०२१—२०२२ का अध्यक्ष रामप्रसाद वस्ताकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत कार्यक्रम संयोजक तोयबहादुर भट्टराई, धन्यवाद ज्ञापन रोटरीयन रामचन्द्र शर्मा र संचालन प्रथम सत्र वर्ष २०२१—२०२२ का सचिव सरोजनारायण बराल र दोस्रो सत्र वर्ष २०२२—२०२३ का सचिव निकेश कर्मचार्यले गरेका थिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...