सञ्चारिका समूहद्वारा नवनियुक्त स्टेशन म्यानेजर बस्न्यातलाई बधाइ
काठमाडौं । नवनियुक्त स्टेशन म्यानेजर उर्बसी बस्न्यात न्यौपानेले आजबाट कार्यभार समालेकी छन् । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथाको २५ बर्षे इतिहासमा पहिलो पटक महिला स्टेशन म्यानेजर पाएको छ ।
नेपाल वातावरण पत्रकार समूहको रेडियो सगरमाथा सञ्चालक समितिले, पत्रकार बस्न्यातलाई स्टेशन म्यानेजर नियुक्त गरेको हो । पत्रकार बस्न्यात यसअघि रेडियो सगरमाथामा वरिष्ठ कार्यक्रम निर्माताको रुपमा कार्यरत थिइन् ।
सञ्चारिका समूहका कोषाध्यक्ष समेत रहेकी बस्न्यातको नियुक्तिले सञ्चार माध्यमको व्यवस्थापकीय नेतृत्वमा महिलाको उपस्थिती बढाएको भन्दै समूहले नेपाल वातावरण पत्रकार समूह,रेडियो सगरमाथा सञ्चालक समितिलाइ धन्यवाद व्यक्त गरेको छ ।
सञ्चारिका समूहको बैठकले बदलिंदो परिस्थितिमा रेडियो सञ्चालन आफैमा चुनौतिपूर्ण बन्दै गए पनि यसलाइ अवसरको रुपमा लिएर अघि बढ्न आग्रह गर्दै स्टेशन म्यानेजर बस्न्यातलाइ बधाइ समेत ज्ञापन गरेको छ ।
नेपाली सञ्चार क्षेत्रको व्यवस्थापनमा महिलाको उपस्थिति पुरुषको तुलनामा अहिले पनि कम छ । एक दशक अगाडी कै समय नियाल्ने हो भने सञ्चारमा महिलाको उपस्थिति औंलामा गन्न सकिने थियो तर भएका मध्ये पनि सबैभन्दा बढी महिला रेडियोमा नै कार्यरत छन् ।
काठमाडौं र काठमाडौं बाहिर स्थापना भएका एफ एम रेडियोहरुका कारण नै रेडियोमा महिलाको उपस्थिति बढेको हो । प्रतिस्पर्धी र चुनौतीपूर्ण मानिने पत्रकारितामा दोहोरो जिम्मेवारी निभाउंदै महिलाको उपस्थिति संख्या आशलाग्दो देखिन्छ ।
सञ्चारिका समूहले गरेको एक अध्ययनमा ती सञ्चार माध्यममा कार्यरत मध्ये एफ एम रेडियोमा काम गर्ने ६५ प्रतिशत भन्दा बढी महिला छन् । करिब एक दशक अघिको अध्ययनले विभिन्न सञ्चार माध्यममा काम गर्ने महिला सञ्चारकर्मी मध्य सबै भन्दा बढी काठमाडौंमा र त्यसपछि क्रमशः कास्की, बाँके, सुनसरी र चितवन जिल्लामा पाइएको थियो ।
सञ्चारिका समूहले २०६८ सालमा प्रकाशन गरेको काठमाडौं उपत्यकामा कार्यरत महिला सञ्चारकर्मीको अवस्था अनुसन्धान प्रतिवेदनमा टेलिभिजनमा २६ प्रतिशत, छापामा ३२ प्रतिशत महिला सञ्चाकर्मी रहेकोमा रेडियोमा सबैभन्दा बढी ४२ प्रतिशत छ । विविध सञ्चार संस्थामध्य अधिकांश महिलाको पहिलो रोजाइमा बिद्युतीय सञ्चार माध्यम रेडियो नै परेको छ ।
रेडियोमा काम गर्नेहरूको संख्याको अनुपातमा सञ्चारकर्मी महिलाको पदीय दायित्व भने सन्तुलित देखिदैन । यो अध्ययनले उपत्यकामा कार्यरत अधिकांश सञ्चारकर्मी महिला नेतृत्व तहमा नभएको देखाएको छ । अध्ययनले डेस्क एडिटरमा ६ प्रतिशत, सम्पादक पदमा ३ प्रतिशत मात्र सञ्चारकर्मी महिला रहेको देखाएको छ । सामुदायिक रेडियो प्रसारक संघले २०७७ मा गरेको एक अध्ययनका अनुसार अहिले देशभरका आठवटा रेडियो महिलाले सञ्चालन गरेका छन् ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




