मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राखेको प्रस्ताव प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । सो अवसरमा मन्त्री पौडेलले छलफलमा उठेका प्रश्नको जवाफ दिए ।
संशोधनकर्ताका तर्फबाट छलफलमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले उक्त विधेयकको सराहना गरे । सांसद देवेन्द्र दाहालले विज्ञान र प्रविधिसँग जोडिएको विधेयक महत्वपूर्ण रहेको बताउँदै अन्तर्राष्ट्रिय जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा विकास गर्नुपर्नेलगायत केही संशोधन प्रस्ताव राखेका थिए ।
सांसद डा बेदुराम भुसालले ५४ संशोधनमध्ये समावेशी, छात्रवृत्ति, प्रत्यायोजित व्यवस्था कम गर्नुपर्नेलगायत २१ संशोधन आफूहरुको रहेको जानकारी दिए । सांसद सुरेश आलेले विश्वविद्यालय आउनु सराहनीय भएको भए पनि विचार उत्पादन गर्नेलगायत केही विषय परिमार्जन गर्नुपर्ने बताए ।
सांसद खिमलाल देवकोटाले मुलुकका ११ विश्वविद्यालयमा पाँचलाख ५६ हजार विद्यार्थी भएकामा त्यसको ८० प्रतिशत त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने गरेकाले शिक्षाको विकास गर्ने नाममा विश्वविद्यालय खोल्न प्रतिस्पर्धा गर्न नहुने बताए ।
सांसदहरु सुमित्रा विसी, तुलसाकुमारी दाहाल, भैरवसुन्दर श्रेष्ठ, गङ्गाकुमारी बेल्बासेलगायतले प्राविधिक शिक्षाको विकास हुने विश्वास व्यक्त गरे ।
यसअघि विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले देशमा परनिर्भरता बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै स्वदेशी उत्पादन बढाउन आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।
सांसद सोनम ग्याल्जेन शेर्पाले केन्द्रीकृत अधिकारलाई विकेन्द्रीकृत गरी गाउँको विकास गर्न संघीयताको महत्व रहेकाले यसको खारेजी गर्न नहुने बताए । त्यस्तै सांसद नारायणदत्त मिश्र, मोहममद खालिदलगायतले देश विकासका लागि समाजवादी प्रजातन्त्रको खाँचो रहेको बताए ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




