खानेपानी आयोजनाका लागि सरकारले युरोपियन युनियनबाट १०.५ मिलियन स्वीकार गर्ने
काठमाडौं । सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजनाका लागि करिब रु एक अर्ब ३७ करोड अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
मन्त्रिपरिषद्ले यही साउन ९ गते गरेका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खानेपानी आयोजनाका लागि युरोपियन युनियनबाट १०.५ मिलियन स्वीकार गर्न लागेको जानकारी दिए ।
गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब रु ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ। भौतिक संरचना निर्माणको काम गरिरहेका तर म्याद थप हुन नसकेका उद्योगको म्याद थप गर्ने निर्णय पनि सरकारले गरेको छ।
विलम्ब शुल्क लिई कामको प्रगति र उद्योगको प्रकृति हेरी म्याद थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । म्याद थप गर्नसक्ने गरी बाधा अड्काउ फुकाउको आदेश जारी गर्न नेपाल राजपत्रमा सूचना प्रकाशित गरिने जनाइएको छ ।
आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय पनि गरेको छ। फिनल्याण्डमा यही साउन २६ देखि आगामी भदौ १ गतेसम्म हुने अध्ययन भ्रमणमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र सचिव सागरकुमार राईलाई स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।
साउन ३० देखि भदौ १० गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा सञ्चालन हुने अन्तर सरकारी सम्मेलनको पाँचौँ सत्रमा नेपालका तर्फबाट सहभागिताका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कोशलचन्द्र सुवेदीको भ्रमण पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
नेपाली मूलका पोलिस नागरिक डा बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी अवैतनिक वाणिज्य दूत नियुक्त गरिएको छ। तुर्कमेनिस्तानको आशागावतमा साउन ३० र ३१ गते यातायात सम्मेलनमा भाग लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई स्वीकृति दिने निर्णय पनि गरिएको मन्त्री कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए।
त्यसैगरी सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भुवन केसीलाई नियुक्त गरेको छ । गोरखा जिल्ला साविक बारपाक गाविस वडा नं ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको छ रोपनी १० आना तीन दाम जग्गा सरकारले भूकम्प स्मृति उद्यान निर्माण गर्नका लागि भूकम्प स्मृति पार्कको नाममा हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनका लागि सहमति प्रदान गरेको छ ।
शहीद गङ्गालला हृदय केन्द्रको सदस्य पदमा डा प्रकाशराज रेग्मी र डा नवीनचन्द्र गौतमलाई मनोनयन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई जिम्मेवारी दिने निर्णय गरिएको छ। सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले निर्वाचन आयोगले आगामी मङ्सिर २ गते संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्न सिफारिस गरेको जानकारीसमेत दिए। त्यसैअनुसार सरकारले मिति घोषणाको तयारी गरेको उनको भनाइ थियो ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




