बैतडीमा ट्राफिक कारबाहीबाट २१ लाख राजस्व संकलन
बैठडी । सवारी दुर्घटनामा परेर बैतडीमा एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा पाँच जिप, तीन मोटरसाइकल, दुई ट्र्याक्टर, एक बस, एक टिप्पर र एक मिनीट्रक दुर्घटनामा परेका छन् । ती सवारी दुर्घटनामा १५ पुरुष, पाँच महिला र चार बालकको ज्यान गएको हो ।
त्यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका हुन् । ट्राफिक नियमको पालना नहुनु, कच्ची सडक लगायतका कारणले सवारी दुर्घटना हुने गरेको जनाइएको छ । यसैबीच गएको एक वर्षमा ट्राफिक प्रहरीले बैतडीमा तीन हजार आठ सयभन्दा बढी सवारी साधनहरुलाई कारबाही गरेको छ । गत आव २०७८÷७९ मा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार आठ सय २६ सवारी साधनलाई कारबाही गरिएको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने चार सय १५ ट्रक/ट्यांकर, ६४ बस, दुई हजार ९३ जीप, कार र भ्यान कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामसिंह भण्डारीले बताए।
त्यस्तै तीन सय दुई ट्याक्टर, सात सय ७२ मोटरसाइकल र एक सय ४० अन्य सवारीसाधन कारबाहीमा परेका छन् । सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तीव्र गति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारबाहीमा परेका बताइएको छ। सवारीसाधन कारबाहीबाट रु २१ लाख १८ हजार राजस्व संकलन भएको छ ।

ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




