प्रमुख खवर

सन्तानेश्वर वन क्षेत्रमा श्रीखण्ड रोपण

काठमाडौं । गोदावरी नगरपालिका-१३ स्थित सन्तानेश्वर महादेव मन्दिर वनक्षेत्रमा आज श्रीखण्ड रोपण गरिएको छ । शिवजीलाई सबैभन्दा बढी मनपर्ने वस्तुमा श्रीखण्ड पनि रहेकाले सो वृक्षरोपण गरी प्राकृतिक संरक्षणमा समेत जोड दिइएको हो ।

बिहान नगरपालिकाका जनप्रतिनिधिका साथै विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको उपस्थितीमा ५४ श्रीखण्डका वृक्ष रोपिएको सन्तानेश्वर मन्दिर संरक्षण तथा संवद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताए ।

उनले भने, “यस मन्दिर हाताभित्रको १५० रोपनी जमिनमा हरेक वर्ष तेस्रो साउनको सोमबार फलफूल एवं औषधिजन्य बिरुवा वृक्षरोपण गर्ने चलन रहँदा त्यस कामलाई पूर्णता दिएका छौं ।”

आफूहरुले सो अघि ३५ जातका रुद्राक्ष, पारिजात, अमलाका साथै विभिन्न फूलका बिरुवा रोपेर मन्दिरको वातावरण स्वच्छ तथा हराभरा बनाइरहेको खड्काले सुनाए । श्रीस्वस्थानी वर्तकथामा आधारित धार्मिक मान्यता बोकेको सो शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो पनि लागिरहेको मन्दिरका पुजारी गङ्गाराम गौतमले बताए ।

विवाह गरी लामो समयसम्म सन्तान सुख प्राप्त नगरेका साथै भएकाले रक्षाका लागि सतीदेवीको उपल्लो ओँठ पतन भएर उत्पत्ति भएको सो महादेवको मूर्ति प्राकृतिक रहेकाले ज्योतिर्लिङ्ग शिवका रुपमा समेत पुज्ने गरिएको गौतमको भनाइ छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...