काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला
काठमाडौं । तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेस्थलीको पदमसालमा घर बनाएर बसेका गोरखा भीमसेन थापा गाउँपालिका-६ का ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीय छोरी र ८ वर्षको छोरा मृत फेला परेका हुन् ।
नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले घरमुली पाण्डेले परिवारको हत्या गरेर आफूले पनि आत्माहत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।
“बिहान ८ बजे दिनेशकी छोरी विद्यालयमा नआएपछि छिमेकीमार्फत खबर गर्दा घरको झ्यालढोका बन्द रहेकाले प्रहरी र स्थानीय निकायलाई खबर गरेपछि घरमा गएर हेर्दा चारैजना मृत अवस्थामा फेला परेको पायौँ,”- उनले भने ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घटनास्थलमा प्रहरी टोली र चिकित्सकको टोली पुगेर अनुसन्धान गरिरहेको बताए ।
उक्त भवनको सबै झ्याल र ढोकाभित्रबाट चुकुल लगाएको अवस्थामा रहेका उनको भनाइ थियो ।घटनास्थलमा बालाजुस्थित प्रहरी वृत्त, जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएका प्रहरीका साथै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक डा गोपाल चौधरी र डा आयुष उपाध्यायलगायत टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए । घटनाको बारेमा अनुसन्धान टोलीले कानुनी प्रक्रिया सुरु गरिसकेको जनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




