राअविको कामलाई प्रभावकारी बनाउन सांसदको सुझाव
काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफल शुरु भएको छ ।
सो छलफलमा भाग लिँदै विधायकहरुले राष्ट्रिय अनुसन्धान विभागको कार्यक्षेत्र र जिम्मेवारीको पाटोलाई ख्याल गरी त्यहाँ कार्यरत जनशक्तिले गोपनीयता कायम गर्नुपर्ने पक्षमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए । विभागलाई प्रभावकारी तुल्याउन गृह मन्त्रालय मातहत राख्न विधायकहरुले सो अवसरमा सुझाव दिएका छन् ।
समिति सदस्य गगनकुमार थापाले विभिन्न सुरक्षा निकायमध्ये राष्ट्रिय अनुसन्धान विभाग मात्रै गृहबाट झिकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत राख्ने कुराको औचित्य पुष्टि हुन नसक्ने धारणा राखे । सदस्य वृजेशकुमार गुप्ताले भने,“गोप्यरुपमा सूचना संकलन गर्नुपर्ने निकायमा कार्यरत जनशक्तिले नै आफ्नो विज्ञापन गर्दै हिँड्ने प्रवृत्तिले कसरी गुप्तचरी कायम होला !’ अर्का सदस्य शक्तिबहादुर बस्नेतले हाम्रो परम्परा र अभ्यास अनुरुप विभागको कार्यप्रणालीलाई चुस्त र अनुमान योग्य बनाउन प्रधानमन्त्री कार्यालय मातहत नभइ गृहमन्त्रालय अन्तर्गत नै राख्न आवश्यक रहेको सुझाव दिए ।
सदस्य लालबाबु पण्डितले राज्यका महत्वपूर्ण सुरक्षा जिम्मेवारीमा रहेको विभागमा कसैको आदेश र निर्देशनमा कर्मचारी भर्ना गर्ने गलत प्रवृत्तिलाई रोकी विज्ञताका आधारमा नियुक्ति र जिम्मेवारी दिनुपर्छ भने ।
मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रियहित र राष्ट्रिय स्वाधीनताको संरक्षण एवं सम्वद्र्धन तथा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सघाउ पु¥याइ सर्वसाधारणको हित कायम गर्ने सन्दर्भमा विभागले सूचना संकलन, विश्लेषण गरी सरकारलाई राय सुझाव दिँदैआएको छ ।
केहीवर्ष अघि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदमातहत राख्ने निर्णय गरेसँगै उक्त निर्णयप्रति विभिन्न कोणबाट टिक्काटिप्पणी हुँदै आएको थियो । विधेयकमाथिका संशोधनकर्ताले विभागलाई सूचना संकलन गर्ने मात्र जिम्मेवारीमा नराखी अपराध अनुसन्धनको पाटोमासमेत काम गर्ने गरी कार्यक्षेत्र विस्तार गर्न आवश्यक रहेको सुझाव दिए ।
विधेयकमा सूचना सङ्कलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघ संस्थाबाट सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी, अनुगमन तथा अभिलेख गर्न सक्नेसम्बन्धी विशेष व्यवस्था प्रस्ताव गरिएको छ ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




