प्रमुख खवर

इञ्जिनीयरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् ।

लोकस, पुल्चोक क्याम्पसद्वारा आज आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी मेलाका लागि विषयवस्तु विमोचन कार्यक्रममा मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणको निमित्त इञ्जिनीयरिङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले भने, “समाज रुपान्तरण गर्नको निमित्त इञ्जिनीयरिङ क्षेत्रको धेरै ठूलो भूमिका रहन्छ, त्यसतर्फ तपाईहरुको ध्यान केन्द्रित रहन सकोस्, तपाईहरुले चाल्ने कदमले हाम्रो समाजलाई अगाडि बढाउनसक्छ भन्ने विश्वास छ ।”

मन्त्री कार्कीले इञ्जिनीयरिङ क्षेत्रमा आवश्यक पर्दा सरकार सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे । इञ्जिनीयरिङ विषय अध्ययरत विद्यार्थीले नेपाली समाज र देशको समस्या एवं आवश्यकतालाई मध्यनजर गरी रचनात्मक नवीनतामार्फत जनजीवनलाई सहज बनाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री कार्कीले इञ्जिनीयरिङ क्षेत्रमा रचनात्मक कार्यलाई कसरी व्यावसायिक बनाई बजारीकरण गर्न सकिन्छ भन्नेतर्फ पनि सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

लोकस, प्राविधिक महोत्सव इलेक्ट्रिकल इञ्जिनीयरिङ विभाग र इलेक्ट्रोनिक्स तथा कम्प्युटर इञ्जिनीयरिङ विभाग, आइओइ, पुल्चोक क्याम्पसका स्नातक विद्यार्थीको नेतृत्वमा रहेको शैक्षिक संस्था हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सूचना, प्रविधि तथा सञ्चार विज्ञ ई दिपेश विष्टले सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको योजना पूरा गर्न इञ्जिनीयरिङ क्षेत्रको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।

लोकस विद्यार्थीका लागि नेपालको सबैभन्दा विज्ञान तथा प्राविधिक महोत्सव बनेको अध्यक्ष टपेन्द्र पाण्डेयले जानकारी दिनुभयो । सन् २००३ मा स्थापित लोकसको सुरुआत भएदेखि नै नेपालभरका स्कुलदेखि कलेज र विश्वविद्यालयका युवा र उत्साही विद्यार्थी वर्गका लागि प्रविधिका क्षेत्रमा आफ्नो असाधारण सीप प्रदर्शन गर्नका लागि खुला मञ्च भएको उनको भनाइ छ । यसले वार्षिकरुपमा एक राष्ट्रिय प्राविधिक महोत्सव गर्दै आएको छ ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...