सुदूरपश्चिममा पैँतीस हजार मतदाता थपिए
काठमाडौ । स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा ३५ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तह निर्वाचन २०७९ सालको निवार्चनमा यहाँका नौवटै जिल्लामा गरी १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जिल्लाबाट सङ्कलन भएर आएका नामावली रुजु गरेपछि निर्वाचन आयोगमा पठाउने जानकारी दिनुभयो ।उहाँका अनुसार नयाँ थपिनेमा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय३० मतदाता थपिएका छन् ।
त्यसैगरी कञ्चनपुरमा नौ हजार आठ सय २८, अछाममा चार हजार ८० मतदाता थपिएका छन् । यस्तै यहाँको पहाडी जिल्ला बाजुरामा एक हजार तीन सय ६४, दार्चुलामा एक हजार ६ सय ६४, बैतडीमा दुई हजार आठ सय ६, डडेल्धुरामा दुई हजार दुई सय ५८, बझाङमा एक हजार ६ सय ५९ र डोटीमा दुई हजार एक सय ७२ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
“नयाँ आएका नामावलीहरु को साताभित्र आयोगमा पठाइसक्ने र भदौको अन्तिममा अन्तिम नामावली प्रकाशित आयोगबाट हुन्छ ।” प्रदेश कार्यालय प्रमुख भट्टले भने, “स्थानीय तहको निर्वाचनपछि आयोगले नै छुटेका मतदाताहरुको नामावली संकलन मुलुकभर थालेको थियो ।”
यस पटक अन्तिम नामावलीमा समावेश भएकाहरुले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाका मतदान गर्न पाउनेछन् । २७ लाखभन्दा बढी जनसंख्या रहेको सुदूरपश्चिममा ८८ वटै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




