बागलुङ नगरपालिकाद्वारा पाँच प्रकारका सेवा गाउँमै
काठमाडौं । बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र, वित्तीय साक्षरता र माटो परीक्षण सेवा लिएर बागलुङ नगरपालिका गाउँमा पुगेको हो ।
सम्झौता बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भएसँगै वडामै पुगेर आम नागरिकलाई सेवा दिने उद्देश्यले वडा तहमै सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गर्न थालेको छ । नगरपालिकाले शनिबार रायडाँडा घुम्ती सेवा शिविर सञ्चालन सुरु गरेको छ ।
आगामी भदौ २४ गतेभित्र नगरभित्रका १० वडामा घुम्ती शिविर सम्पन्न हुनेछ । विषेशगरी सदरमुकामभन्दा बाहिर ग्रामीण क्षेत्रमा रहेका वडाहरूका उपभोक्ता र आम नागरिकको समस्यालाई मध्यनजर गरी आइतबारदेखि घुम्ती शिविरको आयोजना गरिएको नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
शिविरमा वडामा सञ्चालन हुने योजना सम्झौता गर्ने भएको छ । आम उपभोक्ताको सहजताका लागि नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको उनको भनाइ छ ।
नगरपालिकाले विषेशगरी ग्रामीण क्षेत्रमा रहेका वडा नं ५, देखि वडा नं १४ सम्मका आम उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ ।
शिविरमा योजना सम्झौतका साथमा स्वास्थ्य सेवा शिविर, माटो परीक्षण, अपाङ्गता परिचयपत्र वितरण अनुशिक्षण तथा सचेतना कार्यक्रम वित्तीय साक्षरता, बालमैत्री नगरपालिका पूर्वाधार कृषक सचेतना तथा प्राविधिक सल्लाहलगायतका कार्यक्रम पनि गाउँमै पुगेर दिन थालिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
“भूगोलको हिसाबले नगर क्षेत्रभित्र केही टाढा रहेका वडासमेत छन्, उनीहरु नगरमा योजना सम्झौता तथा अन्य सेवा लिनका लागि असहज भएको हामीले महसुस गरेका थियौँ”, उनले भने, “अब नागरिक नगरपालिकामा होइन, नगरपालिका नागरिककामा पुग्नुपर्छ भन्ने हाम्रो अभियान हो ।”
आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमअनुरुप सबै योजना कार्यान्वयन गर्नका लागि शिविरले ठूलो भूमिका पुर्याउने विश्वास लिएको भन्दै नगर उपप्रमुख राज खड्काले ८० प्रतिशत योजना वडामै सम्झौता गर्ने जनाए ।
आम उपभोक्ताको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविरमाफर्त योजना सम्झौतालगायतका काम अगाडि बढाइएको छ । शिविरमा सेवा प्रदान गर्नका लागि नेपाली सेनालागायतका विभिन्न कार्यालय र संघसंस्थाले सहयोग गरेका छन् ।
शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । आगामी मङ्सिर मसान्तभित्र सबै योजना सम्झौता गरी काम अगाडि बढाउने गरी नगरपालिकाले योजना बनाएको छ । शिविरमा योजना सम्झौतापश्चात उपभोक्ता समितिको खाता पनि त्यही खोल्ने व्यवस्था गरिएको उनले बताए ।
वडाभित्रका टोल अर्थात् साविकको वडामा टोल समिति बनाएर सोही टोल समितिमार्फत योजनाका काम अगाडि बढाइने सापकोटाले बताए। टोल विकास समितिले रु पाँच लाखसम्मको योजनाको काम गर्न पाउनेछन् । काम सम्पन्न भएर सबै वडा तहमै अनुगमन भएपश्चता नगरपालिकाले भुक्तानी दिने छ ।
नगरपालिकाले यस वर्षदेखि रु १० लाखसम्मको योजना वडा तहबाटै अनुगमन गर्न मिल्ने बनाएको नगर उपप्रमुख खड्काले जानकारी दिए । प्रत्येक वडामा प्राविधिक खटाएर रु १० लाखसम्मका योजना वडाध्यक्ष र वडासचिवसहितको टोलीले अनुगमन गरी सिफारिस गरेको आधारमा नगरपालिकाले भुक्तानी दिने उनको भनाइ छ ।
यस्तै नगरपालिकाले महिलाको नेतृत्व गरेको उपभोक्ता समिति वा टोला विकास संस्थामार्फत योजनाको कार्यान्वय गर्दा १० प्रतिशत मात्र लागत सहभागिता गराउने भएको छ भने पुरुषले नेतृत्व गरेको समितिमा १५ प्रतिशत नै लागत सहभागिता गराउने भएको छ । त्यस्तै उपभोक्ता समिति र टोल विकास संस्थाले आफूले जिम्मा लिएको काम ठेक्का लगाउन नहुने आफैँले गर्नुपर्ने बनाएको छ ।
खोलाको नजिक अस्पताल बन्दै
यतिबेला निसीखोला गाउँपालिकाको पालिकास्तरीय अस्पताल धमाधम निर्माण थालिएको छ । निसीखोला – ४ झिम्पामा निर्माणाधीन पालिकास्तरीय आधारभूत अस्पताल भने जोखिमपूर्ण स्थानमा निर्माण थालिएको जनाउँदै टिप्पणी भएको छ ।
एक वर्ष अगाडि निसीखोला गाउँपालिकाले संघीय सरकारले विनियोजन गरेको बजेटबाट अस्पताल निर्माण गर्न थालेको थियो भने बीचमा काम रोकिएर अहिले भवनको पिलर हाल्ने काम धमाधम भइरहेको छ । तर नीर्माणाधीन भवन नजिकैबाट बगिरहेको निसीखोलाका कारण अस्पताल जुनसुकै बेला जोखिममा पर्ने देखिन्छ ।
विपद्मा चाहिने अस्पताल जुनसुकै समयमा निसीखोलाले क्षति पुर्याउने जनाउँदै अहिले अस्पताल निर्माणस्थल नजिकैबाट बगेको खोलासहितको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । गत वर्ष मङ्सिर १५ गते अस्पतालको शिलान्यास गरिएको थियो । अस्पताल निर्माणका लागि गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमानमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएको छ ।
दश शय्याको पालिकास्तरीय अस्पताल निःशुल्क जग्गा खोज्ने क्रममा उक्त स्थानमा निर्माण थालिएको हो । आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको अस्पताल निसीखोलाको छेउमा छ । हिउँदको समयमा खासै जोखिममा नरहे पनि वर्षात्को समयमा भने निसीखोला उर्लिएर निर्माणाधीन अस्पतालको नजिक पुग्ने गरेको छ ।
यस विषयमा केही व्यक्तिले अस्पताल जोखिममा रहेको जनाउँदै निर्माण रोक्नुपर्ने प्रतिक्रिया दिएका छन् भने केहीले तटबन्धन गरी संरक्षण गरेर निर्माणलाई तीव्रता दिनुपर्ने मत राखेका छन् । निसीखोलाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले कार्यपालिकाको निर्णय र सबैको सहमतिमा सोही स्थानमा निःशुल्क जग्गा प्राप्त भएपछि अस्पातल निर्माण गर्न थालेको हो भने ।
“अस्पताललाई लाग्ने आठ रोपनी जग्गा किन्न सक्ने पालिकाको क्षमता थिएन, निसीखोलामा मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि जग्गाको भाउ आकाशिएको छ”, उनले भने, “धेरै स्थानमा जग्गा खोजियो, निःशुल्क पाउन सकिएन यो ठाउँमा यहाँका स्थानीयले निःशुल्क आठ रोपनीभन्दा बढी जग्गा दिनुभयो, पालिकाको केन्द्रका हिसाबले समेत सबैलाई पायक पर्ने स्थानमा रहेको छ, खोलाको नजिकै भएकाले पालिकाले खोलाको जोखिम हटाउन केही संरचना पालिकाले बनाउनुपर्छ ।”
उनले गाउँपालिकाले जग्गा छनोट गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलगायतको टोलीले त्यस ठाउँको निरीक्षण गरेपछि अस्पताल निर्माणका लागि उपयुक्त भएको भनेपछि आफूहरुले निर्माण अगाडि बढाएको जानकारी दिए ।
अस्पताल बनाउन १५ स्थानीयले निःशुल्क जग्गा प्रदान गरेका छन् । निसीखोला-४ का वडाध्यक्ष टीकानिधि पौडेलले अन्य स्थानमा जग्गा व्यवस्थापन नहुँदा यो ठाउँमा अस्पताल निर्माण गर्न थालेको बताए । उनले अस्पताल बन्ने स्थल खोलाको जोखिममा रहे पनि त्यसको संरक्षणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको भनाइ छ ।
अस्पताल जोगाउनका लागि तटबन्धन गर्न रु २० लाख विनियोजनसमेत भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।
ताजा अपडेट
-
१.
म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
-
२.
स्पेनमा इन्धनको मूल्य वृद्धि
-
३.
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
-
४.
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
-
५.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




