पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले यहाँ आज पत्रकार सम्मेलन गरी इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत अरु सङ्कायको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नुपर्ने र परीक्षा नियमावली, २०७० संशोधन तथा परिमार्जन गरी तत्काल कार्यान्वयन गरिनुपर्नेलगायतका माग गरेको छ ।
त्यसैगरी चक्रवर्ती हवि कलेजमा गरिएको चर्को मूल्यवृद्धि तत्काल फिर्ता गरी आवश्यक छानबिन गर्नुपर्ने पनि माग गरिएको छ। नेविसंघ पूर्वाञ्चल विश्वविद्यालयका कार्यवाहक अध्यक्ष विजय फुलाराले चर्को सम्बन्धन शुल्क मिनाहा गरिनुपर्ने र परीक्षा नतिजा तीन महिनाभित्र प्रकाशन गरिसक्नुपर्ने, परीक्षा फाराम अनलाइन प्रणालीबाट भर्ने व्यवस्था मिलाइनुपर्ने र पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंमा राख्नुपर्ने माग गरे ।
उनले भने, “यी माग दुर्गम स्थानबाट ऋण खोजेर छोराछोरीलाई पढ्न पठाएका आमाबाबु र भविष्य बनाउन आएका विद्यार्थीको हितमा छ, विश्वविद्यालयले हजारौँ गरिबका छोराछोरीको भविष्य चकनाचुर पारिरहेको छ।”

ताजा अपडेट
-
१.
सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ
-
२.
अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ
-
३.
शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेको भन्दै एमालेलाई प्रधानमन्त्रीको धन्यवाद
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...




