माओवादीको पदाधिकारी चयन अन्तिम चरणमा
काठमाडौं । गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र)ले अझै पदाधिकारीसहित सांगठनिक संरचनाको टुङ्गो लगाउन सकेको छैन ।
पदाधिकारीको चयनका साथै सांगठनिक अवस्थालाई पूर्णता दिने भन्दै माओवादी स्थायी समिति बैठक लगातार बसिरहेको छ तर अझै पदाधिकारीले पूर्णता पाउन सकेको छैन ।
महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः चयन गरेको थियो । माओवादीले अर्को बैठकबाट पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण बढेको तथा लगत्तै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनु परेकाले पदाधिकारी चयनलगायतका बाँकी काम पूरा गर्न ढिलाइ भएको माओवादीले जनाएको छ ।
पदाधिकारीसँगै अन्य साङ्गठनिक विषय टुङ्ग्याउन आज अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले सो विषयलाई अन्तिम चरणमा पु¥याएको नेता कृष्णबहादुर महराले जानकारी दिए । आजको बैठकमा पदाधिकारी टुङ्ग्याउने, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा थप्नुपर्ने केही सदस्यका बारेमा छलफल भएको उनले बताए ।
“सबै विषयमा विस्तृतमा छलफल भयो, करिब करिब टुङ्गोमा पुगेको छौँ, भोलि पदाधिकारी चयनलगायत विषयले अन्तिमरुप पाउँछ”, उहाँले भन्नुभयो, “भोलि बिहान ८ बजे बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउँछ ।”
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




