प्रदेश सभा सदस्य हुने दौडमा युवा नेता भट्टराई
अमरराज नहर्की, तनहुँ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुटेका छन् । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ बाट प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दाबी गरेका छन् ।आफ्नै कला, मेहनत र परिश्रमले राजनीतिक छलाङ मारेको व्यक्ति हुन् नेता भट्टराई ।
जुझारु नेता भट्टराई नेविसंघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैंसियतमा लगनशिलता कार्यकुशलता, निष्ठा, इमान्दार र कतव्र्यनिष्ठ भई गरेकाले नै राजनीतिमा छलाङ मार्न सहज भएको छ ।
यसै पृष्ठभूमिका कारण प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट सबैभन्दा लोकप्रिय नेताका रुपमा भट्टराईलाई हेरिएको छ र जिल्लामा सबैले उनको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिएका छन् । युवाको भविष्यको लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफनो उम्मेदवारी भएको नेता भट्टराईले दमौलीमा पत्रकार सम्मेलन गरी बताए । देशको नेतृत्व तनहुँले गर्नुपर्ने र तनहुँको नेता हाम्रो भिरपाखाको मात्रै हैन देशकै नेता बन्नुपर्ने भट्टराई बताउँछन् । ‘हामी हाम्रो भुगोलसँगै समग्र देशको विकास गछौं’ भट्टराईले बताए । युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने भट्टराई बताउछन् ।
‘अबको नेपाल कस्तो बनाउनु पर्छ भन्ने सुरुवात तनहुँबाट गर्नुपर्छ त्यसको लागि मेरो उम्मेदवारी दाबी हो’ नेता भट्टराईले बताए । हिजो गुजरातमा गरेको विकासका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय भएझैं तनहुँमा नमुना काम गरेर देशकै नेता हुन सक्नुपर्ने भट्टराई बताउछन् ।
‘२१ औं शताब्दी नेपाल कस्तो हुनुपर्छ भन्ने सुरुवात आफैबाट गर्न चाहन्छु भट्टराईले भन्नुभयो युवासँग क्षमता र सामर्थ छ तर सोच नभएकोले पछि परेका छौं’ । अब केवल आफ्नो बारेमा सोच्ने नेता हैन, आफू धनी हुने नेता हैन नेपाललाई धनी बनाउने नीति चाहिएको भट्टराईको भनाइ छ ।
२०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिनु भएको हो युवा नेता भट्टराई । राजनीतिको माध्यमबाट देश परिवर्तन गर्न लागेको उनी बताउछन् । तेज दिमागका नेता भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्ध व्यवस्थापन विषयमा विद्यावारिधी (पीएचडी) गर्दै छन् । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




